बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन



एजेन्सी । लिउडका सङ्गीत निर्देशक बप्पी लहरीको मङ्गलवार राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे । साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।

बप्पी यो क्षेत्रमा आफ्नो भिन्न आवाज र सङ्गीतका लागि चर्चित थिए । उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पी लहरीलाई नै जान्छ ।  

बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।

बप्पी लहरीका आमा–बुवा अपरेश लहरी र बंसारी लहरी चर्चित बांग्ला गायक र शास्त्रीय सङ्गीतकार थिए । आफ्नो आमा–बुवाको नक्साकदममा हिँड्दै तीन वर्षको उमेरमा नै बप्पी लहरीले तबला बजाउन सुरु गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्