काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्यले सरकारले दुई तिहाईको मतको पछि मात्र नलागेर नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग वार्ता गर्नुपर्ने धारणा राखेका छन् ।
केपी शर्मा ओली नेतृत्वको एमाले-माकेको संयुक्त सरकारले सदनमा दुई तिहाईको मत जुटाएकै दिन नेता आचार्यले सो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक संजाल फेसबुकमा आफनो धारणा लेख्दै आचार्यले सरकारले सदनमा मात्रै दुई तिहाई जुटाउने होइन विप्लव वैद्यसँग सार्थक वार्ता गर्न आवश्यक भएको बताउँदै समाजवादको नेपाली मोडेलबारे संविधान संशोधन गर्न तयार हुने पर्ने बताएका छन् ।
उनले उपेन्द्र यादवसँगको वार्ताबाट संविधान संशोधन गर्न तयार हुने सरकारले विप्लवसँग किन नहुने ? भन्दै प्रश्न गरेका छन् ।
आचार्य लेख्छन्:
नेपाल सरकारले सदनमा मात्रै दुई तिहाईको खोजी गर्ने होइन विप्लव, किरण र सम्बन्धित अरुसँग पनि सार्थक वार्ता गर्न आवश्यक छ ।वार्ताबाट समाजवादको नेपाली मोडेल बारे संविधान शंसोधन गर्न तयार हुनुपर्छ सर्व स्वीकार्यताको लागि उपेन्द्र यादवसँग वार्ताबाट संविधान शंसोधन गर्न तयार सरकार विप्लवसँग किन तयार नहुने ?
उता आइतबार प्रधानमन्त्री ओलीले सदनमा दुई तिहाईको विश्वासको मत पाएका छन् ।
आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।
जसमध्ये २०८ मत पाएका थिए । प्रधानमन्त्री ओलीलाई माकेसँगै राजपा र संघीय समाजवादीले विश्वसको मत दिएका छन् ।
विप्लव माओवादीपति दमनको निति लिएको केपी दाहाल सरकारले नेकपासित बार्तामार्फत समस्याको समाधान गर्ला भन्ने त धेरैलाई लागेको छैन तर रामदीप आचार्यहरुले सामाजिक संजालहरुमा सार्वजनिक गरेका विचारले केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाकारको विप्लव माओवादीबारे बुझाइमा थोरैभएपनि परिवर्तन गर्न सकेमात्रैपनि नेपालको राजनीतिले नयाँ मोड लिन सक्थ्यो की ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।