केन्द्रकाे सत्ता जनतामा फर्कियाे : महरा



mahara

पाण्डव शर्मा
घोराही, २ असार । उप प्रधान तथा परराष्ट्र मन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताले स्थानीय तहको निर्वाचनले केन्द्रको सत्तालाई जनतामा फर्कायको बताउनुभएको छ । नारायणपुरमा जन भेटघाट गर्दै उहाँले जनपक्षिय उम्मेदवारलाई विजयी गराउनु पर्ने धारणा व्यक्त गर्नुभयो । महराले पैशाको बलमा चुनाव जित्न खोज्नेलाई जनताले रोक्नु पर्ने आवश्यकता औल्याउनुभयो । मुलुक अहिले माओवादीको एजेण्डामा चलिरहेको उल्लेख गर्दै महराले स्थानीय तहको जन्मदाता माओवादी भएकाले जनताले साथ दिनु पर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्