आर्थिक

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

By Thah Online

February 16, 2022

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १६०० सयले घटेर ९५ हजार १०० आएको छ । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।