माइतीघरमा एमसीसीविरुद्ध प्रदर्शन, दर्जनौं प’क्राउ



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिनिलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिषयलाई लिएर काठमाडौँस्थित माइतीघरमा प्रदर्शन भएको छ ।

बुधवारको संसद् बैठकमा एमसीसी टेबुल गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिएको हो ।

दर्शनकारीहरूले माइतीघरमा विरोध प्रदर्शन र कोणसभा गरेका थिए ।  सोही क्षेत्रमा आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।

तर, प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रदर्शनकारी र प्रहरीबिच धकेलाधकेल भएको हो । धकेलाधकेलपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई भ्यानमा हालेको थियो ।

एमसीसी बिरुद्धको प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा आएका छन् । एमसीसीको बिरोधमा उत्रिएका दर्जनौंलाई प्रहरीले प’क्राउ गरेको छ।

यस्तै, यता एमसीसीकै विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ सङ्गठनहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर समेत प्रदर्शन गरेका छन् ।

यसअघि भर्खरै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । यस्तै, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘अमेरिकी दबाब मुर्दावाद’ लगायत नारा लगाउँदै आज माओवादीनिकट वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्