नयाँ बानेश्वरबाट थप ४० प्रदर्शनकारी प’क्राउ, हालसम्म ९० जना प’क्राउ



काठमाडौँ। प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई प’क्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू प’क्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प’क्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी प’क्राउ परेको र उनीहरूको यकिन सङ्ख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना प’क्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्द कर्ता छन् । केही भने प्रदर्शनकारी छन्।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्