काठमाडौं । अमेरिकी सहयोग परियोजना मिनिलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषयलाई लिएर संसद्मा पेश गर्न लागेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका १३५ जनालाई प्रहरीले प’क्राउ गरेको छ । बुधवारको संसद् बैठकमा एमसीसी टेबुल गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरूलाई संसद् भवन परिसर नयाँ बानेश्वर, माइतीघर र उपत्यकाका विभिन्न ठाउँबाट प’क्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको एसएसपी गिरीले जानकारी दिए । यस्तै, प्रदर्शनका क्रममा झडप हुँदा एक प्रदर्शनकारी र ९ जना प्रहरीसमेत घाइते भएका छन् ।
एमसीसी टेबल गर्न तयारी भएपछि नेकपामा माओवादी केन्द्र र नेकपा समाजवादी (एस) का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ सङ्गठनले छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका थिए ।
बिहान ११ बजेदेखि सुरु भएको एमसीसीविरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरी ढुङ्गा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।