काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले कुनै पनि संसद्को सदस्यले एमसीसीका राष्ट्रघाती प्रावधान मान्नु नहुने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसीका थुप्रै प्रावधान राष्ट्रघाती रहेको बताए ।
रावलले एमसीसी सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानुन समेत मान्नुपर्ने प्रावधान रहेको दाबी गरे ।
रावलले भने,‘सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानुन मान्नुपर्ने लेखिएको छ। ‘अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा बाहेकका कुनै पनि काम गर्न नपाइने भनिएको छ ।’
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।