प्रदेश २

पानीबाट बच्न दलित बस्तीमा त्रिपाल सहयोग सर्बपरी नेता चौधरीको दिनचर्या बन्दै समाजसेवा

By Thaha - Online

February 17, 2022

लहान ५ फाल्गुन- सर्बपरी नेता महेश चौधरीद्वारा लहान नगरपालिका वाडा नम्बर २ मिलन चौक स्थित रहेको मुसहर बस्तीमा तृपाल सहयोग गरेका छन्।उक्त मुसहर समुदाय पानीको उच्च चपेटामा पर्दै आएका छन्। घाम,पानीबाट बच्न अतिबिपन्न घरघुरी पहिचान गरि ५० पचास जनालाई त्रिपाल बाडेका छन्।

उनको समाज सेवा नै दिनचर्या बन्दै आएका छन्।विगत ५ वर्ष देखि उनले समाजसेवा निरन्तर गर्दै आएका हुन्।घाम पानी,र जाडो बाट प्रभावित रहेका व्यक्तिहरूलाई सहयोग गरिएका छन्।गाउँ गाउँमा समाजसेवी महेश चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा र जनअपेक्षा रहेको छ्। चौधरीलाई नै मेयर बनायो भने लहानको मुहार फेरीन्छ जनसमुदायको भनाई रहेको छ्।

समाजसेवी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएको छ्। उनले व्यक्तिगत आर्थिक सहयोगमा समाजसेवा गर्दै आएका हुन्।