कति छ नेपाल सरकारको सम्पत्ति ?



काठमाडौँ । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करिब रु. २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ ।

सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयले सम्पत्ति विवरण यकिन गर्ने जिम्मा पाएअनुसार विद्युतीय प्रणालीमार्फत सबै निकायलाई अभिलेख राख्न तीव्र रूपमा दबाब दिइरहेको थियो । सोही दबाबअनुरूप तीनै तहका सरकार मातहत रहेका निकायहरूले सरकारी प्रणालीमा सम्पत्ति विवरण प्रविष्ट गराएका हुन् ।

सहमहालेखा नियन्त्रक नवराज ढुङ्गानाका अनुसार मुलुक सङ्घीयतामा गइसकेपछि स्थानीय तथा प्रादेशिक तहका निकायलाई पनि आफू मातहतका सम्पत्तिको उपयोग गर्न अख्तियारी दिइरहेको अवस्थामा सार्वजनिक सम्पत्ति के कति छ भन्ने यकिन तथ्याङ्क डेढ वर्ष अघिसम्म सरकारसँग थिएन ।

त्यही भएर महालेखाले एकीकृत सम्पत्ति विवरण सङ्कलन गरेको र अहिले तीन तहका सम्पत्तिको मोटामोटी खाका निस्केको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्