प्रदेश २

मजदुर सङ्गठन नेपालका प्रथम नगर भेला लहानमा सम्पन्न 

By Thah Online

February 17, 2022

सिरहा लहान -सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर सङ्गठन नेपालका प्रथम भेला सम्पन्न भएको छ। सङ्गठनका लहान नगर अध्यक्ष रामकिशुन महतो सुडीको अध्यक्षतामा बसेको बैठकमा मजदुरहरूको नेता राम कुमार कार्की प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि नेता कार्कीको अनुसार श्रम ऐन २४९ दर्ता खारेज हुनुपर्छ,श्रम आयोग गठन हुनुपर्छ,श्रम निरीक्षण प्रणाली कार्यान्वयन गर्नु पर्ने,श्रमिकहरूको पञ्जीकृत हुनुपर्छ,श्रमिकहरूको लागी छुट्टै अस्पतालको व्यवस्था हुनुपर्ने सिटी अटो चालकहरूको माग रहेको छ

उक्त कार्यक्रममा सयौँ  सिटी चालकहरू मध्ये इन्द्र देव महतो,सोने लाल यादव, सन्तोष कुमार मण्डल,इन्द्र कुमार साह,अशोक प्रसाद कलवार,रामऔतार सहनी बेचु साह,भोला सदाय लगायतका मजदुरहरूको सहभागिता रहेको थियो। दोस्रो भेलाबाट जिल्ला अध्यक्ष चयन गर्ने आयोजक समितिका अध्यक्ष राम किशुन महतो सुडीले जानकारी दिनु भयो।