टप फिचर

नुहाउने क्रममा बाहुलीगाडमा एक बालकको मृत्यु 

By Thah Online

February 17, 2022

बझाङ । सदरमुकाम चैनपुरको बाहुली गाडमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सदरमुकाम चैनपुरमा रहेको बाहुली खोलामा पौडीखेलीरहेका साईपाल गाउँपालिका वडा नम्बर २ धलौन घर भएको कलक बोहराको डुबेर मृत्यु भएको हो ।

आज करिब १२ बजेको समयमा साईपाल गाउँपालिका धलौनका कक्षा १० मा अध्ययनरत कलक बोहरा नुहाउनको लागी खोलामा गएको र उहाँ नुहाउँदै खोलाको बिचबिचमा गएपछि उहाँको मृत्यु भएको हो ।

बाहुली खोलामा उहाँ डुबेको थाहा पाएपछि नजिकै रहेका स्थानीयले उद्धार गरेको पत्रकार दिनेश बोहराले बताए । उहाँले भने हामीले उद्धार गरेर जिल्ला अस्पताल सम्म लिएका हौ । जिल्ला अस्पताल सिमखेतमा लिएपछि डाक्टर मिलन खड्का लगायत स्वास्थ्यकर्मीहरूले उहाँलाई बचाउन राम्रै प्रयास गरे पनि अस्पताल लिने समय सम्म उहाँको मृत्यु भइसकेको डाक्टर मिलन खड्काले बताए ।

डाक्टर खड्काले भने हामीले कतै उहाँ जीवितै छन् की भनेर निकै प्रयास गरेका थियौ । अस्पताल ल्याउने समय अलि ढिला भई सकेको रहेछ हामीले बचाउन सकेनौ हामी सबै स्वास्थ्यकर्मी लागी परेका थियौ । 

साईपाल गाउँपालिका वडा नम्बर २ घर भएका बालक बोहरा टिउसन कलास लिन सदरमुकाम चैनपुरमा आउनु भएको थियो । बाहुली खोलामा नुहाउने क्रममा उहाँको डुबेर मृत्यु भएको हो । उहाँका बुवाको नाम जोवन बोहरा र आमाको नाम रुदु देवी बोहरा रहेको स्रोतको भनाई छ ।