जापानले माग्यो नेपाली कामदार : मासिक तलब कति ?



काठमाडौं । जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरूले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेका छ ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब १ लाख ७४ हजार बढी पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले प्यासिफिक ओभरसिज कन्सल्ट प्रालिको कार्यालय महाराजगंजण् काठमाडौँमा फागुन ११, १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्