काठमाडौं । नेपाली सङ्गीत बजारमा भर्खरै मात्र ‘अन्तिम इच्छा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीहरूको जीवनमा आइलागेको दुखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ।
भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई जोडीको रूपमा देखाइएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा किरण पुन्ज स्वर रहेको छ भने राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ। बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।
निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। २०५८ साल देखि आफ्नो सङ्गीत यात्रा सुरु गरेका गायक पुन्जले २०६६ सालमा ‘किरण’ नामक एल्बम प्रकाशित गरेका थिए। हाल शास्त्रीय गायनका प्रशिक्षकका रूपमा कार्यरत पुन्जले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।