गठबन्धनको भविष्य ५ बजे तय हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने अहिले बेलुकी ५ बजे बस्ने बैठकले निर्क्योल गर्ने बताएका छन्।

बिहीबार अपराह्न गठबन्धन आबद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबिचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् । 

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए ।

सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ । बैठकमा एमसीसीलगायतका विषयमा साझा धारणा बनाउने प्रयास हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्