एमालेको नारावाजीपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ८ गते बस्ने



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठकको प्रारम्भमा अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेका थिए । तर लगत्तै एमालेले संसदमा नारावाजी गर्न थालेगरेको थियो । अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको बैठकमा प्रतिपक्षी एमालेले पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्ने नारासहित अवरोध गरेको थियो ।

एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्