काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने बताएका हुन् ।
‘हाम्राबिचमा कुरा मिलेर, हामी सँगै हिँड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिँड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।
उनले थपे, ‘कुराकानी पनि नमिल्ने, गठबन्धन चाहिँ चलिराख्ने भन्ने हुँदैन ।’ उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । भने, ‘यो अहिले राष्ट्रघाती छ, चुनावपछि पनि राष्ट्रघाती हुन्छ ।’
विगतमा प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए ।
‘महामन्त्री थापाले सांसदसँग एमसीसी पारित गर्ने वा फेल गर्ने भन्ने अधिकार रहेको भन्दै सांसदबाटै यसको निकास खोज्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।