राप्ती समितिमा पदभार ग्रहण



शरद रेग्मी
दाङ २८ फागुन । राप्ती अंञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका पदाधिकारीहरुले  पदभार ग्रहण गरेका छन् ।निर्वाचन संयोजक प्रवीण लम्सालले नव निर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरुलाई पदभार ग्रहण गराउनु भएको थियो । पदभार ग्रहण कार्यक्रममा बोल्दै निर्विरोध निर्वाचित अध्यक्ष सुरेश हमालले समितिलाई गतिशिल र यात्रुमैत्री बनाउन समितिका संपुर्ण पदाधिकारीहरु थप उर्जाकासाथ अघि बढ्ने बताउँनुभयोे ।

निर्वाचन संपन्न भएर मतगणना संपन्न भैसकेपछि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बामदेव खनालले पत्रकार सम्मेलन गरी राप्ती समितिलाई नै टुकार्ने अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्नुभयो ।सहमतिमा दुवै वरिष्ठहरुले नमानेपछि व्यवसायीको चाहना अनुसार निर्वाचन प्रक्रिया गएको बताउँनुभयो ।कार्यक्रम निर्वाचन संयोजक प्रवीण लम्सालको अध्यक्षतामा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्