प्रदेश ५

‘नथिया’ माथिको बहस ‘वादी महिलाको पीडा देखियो संघर्ष देखिएनन् ’

By थाहा अनलाइन

March 12, 2018

गिरिराज नेपाली दाङ , २८ फागुन । जातिय विभेदका कारण गाँस– वाँसको जोहो गर्न कुनै बेला नेपालका दलित समुदाय मध्येका वादी जातिका महिलाहरुले वाध्यतावंश यौनपेशा रोज्नु परेको थियो । जसका कारण उनीहरु घृणा र पीडाको जीवन गुजार्नु परेको थियो । वाध्यताले डो¥याएको यौनपेशामा वादी महिलाहरु पीडा लुकाउदै रमाउने गरेको पीडालाई नथियाले जस्ताको त्यस्तै उतारेको छ । कथाकार सरस्वती प्रतिक्षाले नथियामा वादी महिलाहरुले बलत्कार र यौनशोषणमा परे पनि परिवार र परपुरुषहरु खुसीदिने पात्रहरुको पीडालाई समेट्नुभएको छ । जसले दलित समुदाय भित्रका वादी महिलाहरुको अन्तरंगको पीडालाइै नथिया पुस्तक मार्फत सार्वजानिक गरीएको छ । उदाहरण समुह नेपालले सोमवार दाङको घोराहीमा नथिया माथिको एक बहसको कार्यक्रम आयोजना गर्दै उक्त पुस्तकको समिक्षा गरिएको छ ।

वादी महिलाकी अगुवा निर्मला कुमारी वादी (गुप्ता ) र निर्मल नेपाली (वादी) उक्त नथिया नामक पुस्तकको समिक्षा गर्नुभएको । पुस्तक माथिको समिक्षा बहसमा पुस्तकले देखाउन खोजिएको पीडा देखाइएको छ । तर वादी महिलाहरुको संघर्ष र मुक्तिको कुराहरु लाई लुकाइएको छ । वादी महिला अधिकारकर्मि निर्मला कुमारी वादीले वादी महिलाहरु यौन शोषणमा परेका हुन वा पेशालाई कमाउने व्यवसायका रुपमा अँगाल्नु पर्ने वाध्यता के थियो ? भन्ने कुरालाई पीडाका कुरालाई मात्रै दर्शाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ थियो , यौनपेशा तर त्यो सामाजिक शोषण– दमन र विभेद नै नित्याएको होे । ’ तर अहिले पेशा नै भए त्यो किन गर्दनन् वादी महिलाहरु भन्दै उहाँले प्रश्न समेत राख्नुभयो । पुर्वमेची देखी पश्चिम महाकाली सम्मका वादी समुदाय बोलिने भाषा र फरक फरक ठाँउका फरक फरक महिलाहरुको भोगाईका पीडा लाई कथाले समेटेको छ । तर यौन शोषण र वाध्यताको कुरालाई कतै झल्काइएको छैन ।

उहाँले कथामा टिप्पणी गर्दै भन्नुभयो – ‘ वादी महिलाहरुले विगतमा श्रीमान घरमै हुदाँ हुदै पनि यौनपेशामा संलग्न हुन्थे भन्ने कुरा देखाएको छ । तर त्यो कुरा वादी समुदाय र महिला माथिको गम्भिर आरोप हो । ’ उहाँले वादी महिलाहरु सामाजिक विभेदकै कारण परपुरुष संगको सम्वन्ध गास्दै सामाजिक घृणाको जीवन विताएका थिए । तर त्यो कुराले नयाँ पुस्ताहरु लाई पनि बिझाउछ । जसले वादी समुदाय र महिला माथिको ठूलो चोट पारेको छ । तर त्यसको अन्त्य र मुक्ति जातिय समनता र उचित शिक्षा दिक्षाका लागि वादी समुदायले गरेको प्रयास र संघर्षको कुराहरु लाई घप्पकै ढाँकिएको छ । जसका कारण वादी समुदायको संघर्षको मनोबल लाई नथियाले घटाएको उहाँले बताउनुभयो । 

त्यस्तै वादी अगुवा तथा मानव अधिकारकर्मि निर्मल नेपाली (वादी)ले वादी समुदायका महिलाहरु समाजले हेर्ने नगर अहिले पनि उस्तै छ । जसको कारण हो ,वादी महिलाहरुले विगतमा गरेको यौनपेशाको चोट अहिलेका पुस्ताले खेपेका छौ । त्यो वादी समुदायमा लागेको यौन पेशाको दाग र वादी समुदायको अस्तित्व स्थापित गर्न थुप्रै प्रयास भएका छन । तर त्यो प्रयासका कुरा नथियाले कतै नदेको उहाँले आपत्ती जनाउनुभयो ।

नथियाले पुरुषहरु राक्षषी पनाको कुराको दर्शाएको छ । तर पुुरुष राक्षसी होईन , समाज नैै दोषी थियो उत्तिबेलामा । उहाँले वादी समुदाय भित्रको उत्तिबेला छोरी जन्मिए खसी , छोरा जन्मिए फर्सी भन्ने काट्ने जस्ता कुराहरु बहकाउका साथ उतारिएको पनि उहाँले बताउनुभयो । वादी समुदायको अझै आफ्ना पीडाहरु छन । जो पीडाले अझै बल्झिरहेका छन । उनै यौनशोषित महिलाहरु वाट जन्मिएका बच्चाहरुले बाबुको पहिचान गर्न सकेको छैनन । शिक्षा दिक्षा स्वास्थ्य सेवा आधारभुत अधिकार वाट वञ्चित हुनु परेको छ । तर कथाको कलम त्यो लेखेको छैन । उहाँले वादी महिलाहरु वाध्यता हो वा रहर हो यौन शोषणको पीडा त्यो कुरालाई कथाले खुलाउनुपथ्र्याे भन्दै उहाँले प्रश्न राख्नुभयो ।

कथाकार सरस्वती प्रतिक्षाले समिक्षकहरुको प्रश्नमा जवाफ दिदै कथाको अन्त्य भएको छैन । एक पाठ मात्रै पाठक माझ पु¥याएको जवाफ दिदै कथाले संघर्षको वाटो पनि पहिल्याईरहेको बताउनुभयो । वादी समुदायका महिलाहरुको विगतका पीडाका पात्रहरुको कथा जे थियो उही देखाएको प्रष्ट्र पार्नुभयो । कार्यक्रमको सहजीकरण नविन अभिलाषीले गर्नुभएको थियो ।