gj gjlgo'Qm cy{dGqL 8f o'j/fh vltj8f dGqfnodf kbef/ u|x0f ub}{ . . tl:a/ /f]zg ;fksf]6f /f;;

आर्थिक

राजस्व छलि गर्ने कानुनले छोड्दैन

By थाहा अनलाइन

March 12, 2018

सैघाली खबर काठमाडौँ २८ फागनु । अर्थमन्त्री नियुक्त भएदेखि नै राजश्व चुहावट र त्यसमा पनि भन्सारतर्फको राजश्वमा विशेष चासो दिएका अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व चुहावटमा संलग्न सबैप्रति शून्य सहनशीलताको नीति लिइने बताएका छन्।

सोमबार बसेको राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा बोल्दै खतिवडाले राजस्व चुहावट नियन्त्रणका लागि सम्वद्ध अधिकारीहरु एवम् कर्मचारीहरु उच्च नैतिकता र अनुशासनमा रहनुपर्ने र त्यसो नभए कारबाही हुने चेतावनी दिएका थिए।

उनले राजश्व चुहावट रोक्न सबैबीच समुन्वय हुनुपर्ने बताएका थिए।

स्थानीय प्रशासन र सुरक्षा निकायहरुबीच सूचना आदान९प्रदान र अन्तरनिकाय समन्वय लाई प्रभावकारी बनाउदै राजस्व चुहावट नियन्त्रणको माध्ययमबाट राजस्व संकलनमा आशातित नतिजा हासिल गर्नुपर्नेमा उनको जोड थियो।

अनुगमनलाई थप प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राजस्व ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समिति गठन गर्ने उनले जानकारी दिए।

बैठकमा अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल, नेपालका महानिरीक्षक एवं अर्थ मन्त्रालयका पदाधिकारीहरु तथा राजस्व प्रशासनसँग सम्बन्धित विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

चालु आर्थिक वर्षभित्र खर्चको आकार बढेको तर स्रोत अपुग हुने चिन्तामा रहेका अर्थ मन्त्रीले भन्सारतर्फको राजश्व चुहावटमा सुरुदेखि नै चासो दिंदै आएका छन्। साउन देखि माघसम्म भन्सार विभागले लक्ष्यभन्दा ८ अर्ब कम राजश्व शंकलन गरेको छ।

चालु वर्षका लागि कूल ३ खर्ब २५ अर्ब ७२ करोड लक्ष्य तोकिएको विभागले माघसम्म १ खर्ब ७५ अर्ब ७९ करोड रुपैयाँ राजश्व उठाइसक्नुपर्ने थियो। तर विभागले उक्त अवधिमा १ खर्बं ६७ अर्बमात्र संकलन गरेको छ।

त्यस्तै कर राजश्वका अन्य शिर्षकमा पनि लक्ष्यअनुसार पुरा हुनसकेका छैनन्। गैरकरतर्फको राजश्वले लक्ष्य पुरा गरेको मन्त्रालयले कर राजश्वको चुहावट नियन्त्रणमा जोड दिंदै आएको छ।