बालिका बला त्कारको आ’रोपमा भरतपुर महानगरका सब-इन्जिनियर प’क्राउ



चितवन । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीयलाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेल शनिवार प’क्राउ परेका हुन् ।

पौडेललाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी उनले दिए । बालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएकी हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका-२९ मा सब-इञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्