प्रदेश ४

एसपी यादवको जिल्ला आगमन संगै धमाधम फरार अभियुक्त प’क्राउ, अहिलेसम्म १४२ जना पुगे

By Thah Online

February 21, 2022

नवलपरासी पश्चिममा बिभिन्न मुद्धामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन प’क्राउ गरेको छ ।जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले प’क्राउ गरेको हो ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्राका १३ जना फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय अमानीगंजले प’क्राउ गरेको हो ।

यसैगरी सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अङ्गभङ्ग मुद्दामा २ जना र लागु औषध गाजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले प’क्राऊ गरेको हो ।

१९ हजार २ सय ८० रुपैयाँ  जरिवाना रहेको २० जना फरार अभियुक्तहरूलाई आवश्यक कारूपान्तर कार्यवाहीको लागि सम्मानित जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कार्यवाही अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट  मंसिर २८ गतेदेखि हासम्म विभिन्न मुद्राका १४२ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट प’क्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताएका हुन । एसपी मनोज कुमार यादव असार २८ गते आएदेखि जिल्ला मातहतका इलाका प्रहरी कार्यालय , प्रहरी चौकी , अस्थायी पोस्ट र बिटहरुलाई कडा निर्देशन अनुसार भन्सार छली अवैध सरसमान ओसारपसार नियन्त्रण , चोरी त’स्करीबाट राजस्व चुहावट नियन्त्रण , अदालतबाट फरार अभियुक्तहरूलाई प’क्राउ गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ । अहिले यादवको कडा निर्देशन अनुसार फरार अभियुक्त धमाधम पक्राउ हुन थालेको हो ।