भालुवाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानीको जग्गा फुकुवाको माग गर्दै माओवादी केन्द्रले आइतबार राप्ती गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरीको नेतृत्वमा गएको टोलीले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई जग्गा फुकुवा सँगै ३ बुँदे माग राखी ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा तोकिए लगत्तै स्वास्थ्य उपचार गर्न, उच्च शिक्षा हासिल गर्न, स्थानीय व्यापारीहरूलाई व्यवसाय गर्न लगायत आम घरायसी व्यवहार बिग्रिएको आम गुनासो आएकोले जग्गा कारोबारी गरी प्लटिङ गर्नेलाई निषेध गरी यथाशीघ्र जग्गा फुकुवा गर्न माग गरिएको छ । यसै गरी भूमिहीन, सुकुम्वासी भूमिहीन दलित तथा अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण कार्यलाई द्रुत गतिमा अगाडी बढाउन र एकीकृत नमुना बस्ती बसाल्न माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले फागुनको अन्मि सम्म जग्गा फुकुवा हुने बताउनु भएको छ । साथै उहाँले माग गरिएको कुरा सम्बन्धित निकायमा यथाशीघ्र पठाइने बताएका छन् ।
ज्ञापन पत्र बुझाउन नेकपा माओवादी राप्ती गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष श्यामेश चौधरी, पूर्व अध्यक्ष तथा सल्लाहकार धर्मराज अधिकारी, उपाध्यक्ष राजेन्द्र पुजाली, सचिव तुला गिरी र सहसचिव बसन्त नेपाली लगायतका कार्यकर्ताहरू गएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।