सैघाली खबर
दाङ , २९ फागुन । दाङमा आधुनिक सेवा सुविधा सहित भर्खरै सेवा शुरु गरेको होटेल मालाईनले स्थानीय मौलिक खाना पहिचान र प्रर्वद्धनका लागि मंगलवार दाङमै पहिलो पटक फुट फेष्टिबल कार्यक्रम सम्पन्न गरेको छ । दाङकै मौलिक खाना सिन्की , सिम्ठारो– तिल्की चामल र दर्रे खानाको विकास र नेपालका मौलिक खानाको दाङमै खुवाउने लक्ष्यका साथ फुट फेष्टिबल आयोजना गरेको छ ।
होटेल संचालक ओपिन्द्र महराको अध्यक्षता तथा दाङ जिल्ला उद्याृेग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले दाङको मौलिक खाना स्वाद पर्यटकहरु खुवाउन सके दाङको पर्यटकिय क्षेत्रको विकास र आर्थिक विकासले फड्को मार्न सक्ने उहाँले बताउनुभयो ।
उहाँले नेपालका विभिन्न ठाँउमा पाईने खाना दाङमा खुवाउन सके दाङका लोकप्रियता अझै वढन सक्ने उहाँले बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , दाङ देउखुरी होटेल व्यावसायी समितिका अध्यक्ष रुद्र वहादुर डाँगी लगाएकाले बोल्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल ग्याष्ट्रोनिमो लोकल क्याम्पीयन २०१८ का अभियान्ता सुरेन्द्र चन्द बस्नेतले हिमाल , पहाड र तराई सवै तिर उत्तिकै लोकप्रिय रहेका खाना बटुक , थेन्थुक , सिर्कनर जस्ता खानाको वारेमा जानकारी दिनुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।