वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको व्यक्तिगत ठ’गी



काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठ’गी अभियोगमा उजुरी परेको पाइएको छ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठ’गिएको भन्दै उजुरी परेको जनाएको छ ।

गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी सङ्ख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ। गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए ।

माघसम्म २० करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ३८ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले पाँच करोड ८० लाख १३ हजार १ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ ।

यो अवधिमा ६३ उजुरीमा मिलापत्र हुँदा चार करोड ९२ लाख ८३ हजार ६ सय ८५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ ।

सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय म्यानपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । कारोबार दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्