झापा। पत्रकार माया पकवालको निधन भएको छ । मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित पकवालको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको हो ।
५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिँदै छ ।
पकवाल लामो समय भक्तपुरको मिर्गौला प्रत्यारोपण उपचार गराएर घर फर्किएकी थिइन् । उनको पाँच वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। केहीअघि उनलाई कोरोना सङ्क्रमण पनि भएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।