काठमाडौँ । एक जना माओवादीका नेतालाई आफूलाई रक्सी खुवाएर मातेको तालमा एमाले प्रवेश गराएको आ`रो`प लगाएका छन् ।
डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका हुन् ।
एमाले प्रवेश गरेको भोलिपल्ट ती नेताले एक विज्ञप्ति जारी गदै यस्तो बताएको हो ।
६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।