अपराध

विवाहमा गएका युवाबीच कु’टा’कुट, एकको मृत्यु, ४ जना प क्राउ

By Thah Online

February 21, 2022

कैलाली । भजनी नगरपालिका-९ स्थित विवाहमा गएका युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको कु’ट’पिटबाट आइतबार राति मृत्यु भएको छ ।

विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भई झै-झगडा भएको थियो ।

झगडामा कु’ट’पिट हुदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेर कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कु’ट’पिटमा संलग्न ४ जना प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।