प्रदेश २

मनोही टोलमा ‘ढिकुरे पाटी’ क्रिया पुत्री भवन निर्माणको लागि शिलान्यास

By Thah Online

February 21, 2022

महोत्तरी । महोत्तरी मनरा सिस्वा नगरपालिका वडा न. ४ साढा मनोही टोलमा ‘ढिकुरे पाटी’ क्रिया पुत्री भवन निर्माणको लागि शिलान्यास भएको छ ।

साढा स्थित सत्यश्वर मन्दिर नजिक बन्न लागेको भवनमा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले गरेका हुन् ।

पूर्व राज्य मन्त्री कुश्वाहा आफ्नो संसदीय विकास कोसबाट ढिकुरे पाटी ९क्रिया पुत्री को लागि बजेट ल्याउनु भएको ‘ढिकुरे पाटी’ बारे जिल्ला सदस्य सुरेश कुमार यादवले जानकारी दिएका छन् ।

फागुन ९ गते आज शिलान्यास गर्नु भएको छ । एक महिना भित्र निर्माण गरिसक्ने समेत भताउनु भयो ।यसअघि सोही स्थानमा नरहेको ‘ढिकुरे पाटी’ ९क्रिया पुत्री भवन० जीर्ण भएर भत्किए पछि समस्या भएको र सोही स्थानमा वृद्धहरूको सक्रियतामा नयाँ भवन जरुरी रहेकोले यादवले बताएका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा, अतिथि नगर संयोजक महेन्द्र राय यादव९मुखिया,डा। अंजनी कुमार  झा, कृष्ण शङ्कर साह, सुरेश यादव लगायत नेता एवम् कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न  भयो।