दाङ । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले आइतबार भवनको बिधिवत शिलान्यास गरेका हुन ।
वडा नम्बर ७ का स्थानीयलाई पायक पर्ने गरी केन्द्रबिन्दु मानिने बन घुस्री खुटीमा जग्गाको पहिचान गरिएको थियो । सोही जग्गामा वडा कार्यालय भवन निर्माण गर्दै गरेको वडाध्यक्ष मोहन गिरीले बताए ।
आर्थिक वर्ष २०७८/०७९ को १ करोड रुपैयाँको लागतमा भवन निर्माण हुन थालेको हो । वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिनुपर्ने बाध्यता छ । अब भवन बनेपछि त्यो बाध्यता अन्त्य हुनुका साथै सेवा प्रवाहमा थप सहजता आउने विश्वास गरिएको छ । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा राजनीति कर्मीहरूको उपस्थिति थियो ।
आगामी असार मसान्त सम्ममा काम सक्ने गरी केएमएस ड्रिलिङ्ग कन्स्ट्रक्सन प्रा.ली लमही-७ ले निर्माण कार्य अगाडी बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।