लमही । जलपा लघुवित्त बितिय संस्था लिमिटेड शाखा कार्यालय गढवाको आयोजनामा सोमबार देखि ३ महिने महिलाहरूका लागि सिलाई कटाई तालिका सुरु भएको छ । संस्थाका अध्यक्ष पुस्पा पुलामीको अध्यक्षता तथा रेडियो हाईवेका सम्पादक लिला शाहको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरूले सिप सिक्नु ठुलो कुरा नभई सिकेको सिपलाई आयआर्जन सँग जाेडेर आत्म निर्भर बन्नु ठुलो कुरा भएकोले लगनशील भएर सिप सिक्ने बानीको विकास गर्न सुझाव दिनुभएको थियो । तालिममा ३० जना सहभागिता रहेको छ । तालिम दुई सिफ्टमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।