प्रदेश २

सन नेपाल लाईफ इन्स्योरेन्सले एकदमै सहज रूपमा दिदै मृत्यु दाबी भुक्तानी

By Thah Online

February 22, 2022

सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जीवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछि पीडित परिवारहरुले खुसी व्यक्त गरेका छन्।

प्रबन्धक महतोले पीडितहरुलाई खोजी सहज रूपमा भुक्तानी दिन लाग्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराउन व्यक्तिहरूले लाइन लाग्ने गरेका छन्। सिरहाको कर्जन्हा नगरपालिका वाडा नम्बर ३ बन्दीपुर बस्ने सत्यनारायण साह सोनारका २१ वर्षीय पपु साह लाई नेपालबाट वैदेशिक रोजगारमा कतार पुगेका सोनारलाई काम गर्दै गर्दा अचानक २०७८ मंसिर २२ गतेका दिन कतारमा हर्ट ऐटयाक भएर मृत्यु भएका छन्।

२१ वर्षीय पपु साह सोनारले प्रहिलो पल्ट खाडी मुलुक कतार पुगेका थिए।उनी घरको एक्लो छोरा थिए। उनलाई कतारमा मृत्यु भएको खबर सुन्दा परिवारजनमा निकै ब्रजपात खसेको छ्। ऊनी विदेश विदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बिमा गराएका थिए। बिमा पोलिसी नम्बर FE1000169942 भएको हो।

मृत्युक घरको अवस्था आर्थिक रुपले निकै कम्जोर रहेको रहेको छ्। मृत्युकको बुवा आमा हाट बजार गरेर जिबिको पार्जन गर्ने गरेका छन्। छोरा गुमाएका आमा बुवालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहवरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।