प्रदेश ३

सिन्धुपाल्चोक चौतारामा भीरबाट लडेर ४० वर्षिय पुरुषको मृत्यु

By Thah Online

February 22, 2022

रामेछाप । सिन्धुपाल्चोकका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्युु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय रामकाजी थापाको भीरबाट लडेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले दिएको जानकारी अनुसार हिजो दिउँसो देखि बेपत्ता भएका थापाको शव आज भीरको फेदमा चोट लागेको अवस्थामा शव फेला परेको जानकारी दिनु भयो ।

उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक थापाको शव पोस्टमार्टमपछि आजै आफन्तजनले बुझेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।