दाङमा आइतबार ११ देखी ४ बजे सम्म उमेद्धारी दर्ता हुने



दाङ २(असार र स्थानिय तह निर्वाचनका लागि संशोधित कार्यतालिका अनुसार दाङमा पर्सि बिहान ११ देखी बेलुका ४ बजे सम्म उमेद्धारी दर्ता हुने भएको छ । असार १४ गतेका लागि तोकिएको स्थानिय तह निर्वाचनको उमेद्धारी दर्ता आज गर्ने भनिए पनि सरकारले दुई दिन पछि सारेको हो ।

मुख्य निर्वाचन अधिकृत सहित शुक्रबार बसेको सर्बदलिय बैठकले संशोधित कार्यतालिका अनुसार नै उमेद्धारी दर्ता गर्ने निर्णय भएको हो । असार ४ गते बिहान ११ देखी बेलुका ४ बजे सम्म उमेद्धारी दर्ता, ६ बजे उमेद्धारहरुको नामावली प्रकाशन गरिने भएको छ ।

त्यसैगरी, ५ गते विहान ८ देखी १० बजे सम्म उमेद्धारको बिरोधमा उजुरी दिने, १० बजे देखी साढे ५ सम्म उमेद्धारी पत्र जाँच गर्ने र साढे ५ देखी ६ बजे सम्म दर्ता भएको उमेद्धारको नामावली प्रकाशन गर्ने छ ।

यसैगरी असार ६ गते बिहान ८ देखी ११ बजे सम्म उमेद्धारले नाम फिर्ता लिन सक्ने, ११ देखी साढे ११ बजे सम्म उमेद्धारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ देखी बेलुका ६ बजे सम्म उमेद्धारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत तथा न्यायाधिस चुरामन खड्काले जानकारी दिएका छन ।

यसरी निर्वाचन पूर्बको तयारी पुरा भए सँगै असार १४ गते निर्बाचन हुने छ । चुनाव पछि सबै मतपेटीकाहरु मतदान अधिकृतले प्राप्त गरिसकेपछि मतगणनाको कार्य सुरु हुने भएको . हो

drattaaa 111

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्