कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छ।
उक्त बैठकबाट कृष्णनगर नगर क्षेत्र भित्र सञ्चालनमा रहेका मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहित र मर्यादित श्रम सम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेस गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ ।
उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, बलराम पन्थी, ईश्वरी प्रसाद पौडेल, राजेश मिश्र, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रुपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री, माइती नेपाल द्वारा सञ्चालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्री वास्तव लगायत प्रहरी, कर्मचारी, जन प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।