भालुवाङ। जलपा लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा मङ्गलवार देखि भालुबाङमा महिलाहरूको लागि ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिमको जालपा संस्थाका कार्यकारी प्रमुख विमला योगीले शुभारम्भ गरेकी छिन् ।
सो अवसरमा बोल्दै महिलाहरूलाई आर्थिक र सामाजिक रूपले बलियो र आत्मनिर्भर बनाउनका लागि संस्थाले महिलाहरूका लागि सिप विकाश तालिमको आयोजना गरेको बताइन् ।
उनले सिपलाई सिकेर सिकेको सिपबाट उद्यमी बन्नका लागि सहभागी महिलाहरूलाई आग्रह गरे । सिप सिक्ने भनेको समय खेर फाल्नका लागि होइन । सिपबाट आफ्नो जीवन सुन्दर बनाउनका लागि हो । त्यसैले मन लगाएर सिप सिकेर जीवनयापनका लागि आत्मनिर्भर बन्नुहोस् यसैबाट महिलाको आर्थिक विकास र समृद्धि हुन्छ ।
सो अवसरमा रेडियो हाइवेका सम्पादक लीला शाह, संस्थाका संस्थापक यमला भुसाल सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कमल अधिकारीले गरेका थिए । तालिममा २० जनाको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।