मन्थलीको भैसैश्वरमा भेटिए ७ दिनदेखि वेत्तपा भएका २६ बर्षिय दिपेश मानन्धर,परिवारमा खुसीयाली



रामेछाप । रामेछाप मन्थलीबाट फागुन ५ गते विहिवार बिहान आफ्नै घरबाट वेपत्ता भएका दिपेश मानन्धर मन्थली भैशेश्वर चोकमा बुधवार साँझ भेटिएका छन् ।

सुनापति गाउँपालिका–५ रुपाकोट स्थायी घर भइ हाल मन्थली नगरपालिका वडा नं १ मा बस्दै आएका दिलकुमार मानन्धरका २६ वर्षीय छोरा दिपेश मान्धर ५ गते विहिवार बिहानदेखि मन्थलीबाट बेपत्ता भएको थिए।

दिपेश मान्धर घरबाट सम्पर्क विहीन भएपछि उनको परिवारको साथै जिल्ला प्रहरी कार्यालय रामेछापले टोली परिचालन गरेर खोजतलास गर्ने तीव्रता दिएको थियो ।

घरमै मोबाइल छोडेर सम्पर्क विहीन भएका मानन्धर आज मन्थली नगरपालिकाको भैसैश्वरमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले
जानकारी दिनु भयो ।

उहाँको अनुसार दिपेश भेटिएसँगै चिन्तामा डुबेको परिवारमा खुसीयाली छाएको छ । दिपेशको खोजी कार्यमा सहयोग गर्ने सम्पूर्णलाई उनको परिवारले धन्यवाद दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्