प्रदेश ३

काठमाडौंमा श्रीमति मृत, श्रीमान् बेहोस् अवस्थामा फेला

By Thah Online

February 24, 2022

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्। महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्।

उनका श्रीमान् ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।

सहाराको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पौडेलको भने भेनस अस्पतालमा उपचार भइरहेको कुँवरले बताए।

श्रीमान-श्रीमती आफ्नै घरभित्र त्यस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।