चुनावी चर्चामा जनमत पार्टीका युवा नेता मनोज कुमार ओझा




कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२  नरैनापुर बस्ने ,हाल कृष्णनगर नगरपालिका वडा नं २ का युवा समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा नगरपालिका कृष्णनगरको मेयर पदका लागि चर्चा चलेको छ ।

कपिलबस्तु जिल्लाको  पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार  कृष्णनगर क्षेत्रमा एक दशक भन्दा बढी समय देखि पत्रकारिता गरी कृष्णनगर आसपास को सम्पूर्ण क्षेत्र लाई परिचित समेत गराउने कार्य युवा नेता मनोज कुमार ओझाले गरेर आफ्नो एक अलग पहिचान बनाउन सफल भएका छन् ।

युवा नेता ओझाले कृष्णनगर क्षेत्रको जनताले स्थानीय भाषाको रूपमा बोलने र पढन सकने हिन्दी भाषाको रूपमा खोज न्युज टुँडे नामक साप्ताहिक पत्रिका दर्ता गराई नेपालको पहिलो हिन्दी साप्ताहिक पत्रिका सञ्चालन गरी कृष्णनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले सम्पूर्ण कृष्णनगर नगरपालिका वासी र जिल्लावासीहरुको समेत मन जितना सफल भएका छन् ।

युवा नेता ओझाले पत्रिका सञ्चालन काल देखि नै डा.सीके राउतको न्युज प्रकाशन गर्दै आएका थिए ।डा.राउतले जनमत पार्टी दर्ता गरे पछि ओझाले सक्रिय रूपमा जनमत पार्टीमा लागेर हाल नगरपालिका कृष्णनगर क्षेत्रमा जनमत पार्टी लाई चिनाउन पनि सफलता प्राप्त गरिसकेका छन् ।

ओझा जनमत पार्टी भ्रष्टाचार निवारण विभाग जिल्ला अध्यक्ष पनि बन्न सफल भएका छन् ।
युवा नेता ओझाले कृष्णनगर-१०बकौली गाउँको विद्यालयमा  शिक्षक पदमा रही आधा दशक भन्दा बढी शिक्षा क्षेत्रमा पनि योगदान  दिएका छन्। वर्तमान समयमा ब्राईटवे इंग्लिश बोर्डिंग स्कूल कृष्णनगर क्षेत्रमा सञ्चालन गरी संस्थापक अध्यक्ष पनि छन् ।

हाल नगरपालिकाको हरेक गांऊको चौक, चौकमा जनमत पार्टीको युवा मेयर पद प्रत्याशीको  रुपमा मनोज कुमार ओझाको व्यापक चर्चा भइरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्