आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी :डा. केसी



सैघाली खबर
काठमाडौं, ३० फागुन

नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाएर नहटाए आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी दिएका छन् ।उनले मंगलबार सुरु गर्ने तय भएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् ।

विमान दुर्घटनामा परेर आफ्ना सहकर्मी चिकित्सकसहित धेरै जनाको मृत्यु भएको शोकको घडीमा सत्याग्रह स्थगन गरेको उल्लेख गर्दै डा। केसीले भने, ‘मेरो माग पूरा नभए आगामी आइतबार दिउँसो ४ बजेदेखि पुनस् सत्याग्रह सुरु गर्नेछु ।’

प्रधानन्यायाधीश गत साउनदेखि नै सेवा निवृत्त भएको औंल्याउँदै डा। केसीले भने, ‘हामीले जे भनेका थियौं, त्यो सही प्रमाणित भयो । अब उनको सर्वोच्च अदालतमा काम गर्ने नैतिकता मात्र हैन, कानुनी हैसियतसमेत छैन, उहाँ गैरकानुनी रूपमा त्यहाँ बस्नुभएको छ ।’

पराजुलीले राजीनामा दिएर मात्र नपुग्ने बरु उनलाई छानबिन गरेर कारबाही नै गर्नुपर्ने राज्यको दायित्व रहेको जनाउँदै डा। केसीले भने, ‘उहाँ सर्वोच्च जस्तो पवित्र ठाउँमा जानु नै अदालतको अपहेलना गर्नु हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्