Joj:yflksf ;+;bsf] ah]6 clwj]zgsf] cGTokl5 ;~rf/sdL{x?;Fu s'/f ub}{ ;efd'v ;'jf; g]Dafª . tl:a/ M /Tg >]i7, /f;; .

टप फिचर

काँग्रेससँग सहकार्य गर्न एमालेको शर्त : दूषित गठबन्धन भत्काउनुपर्छ

By Thah Online

February 26, 2022

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने प्रस्ट पारेका छन्। अहिलेको गठबन्धन भत्किनुपर्ने बताएका नेम्वाङले गठबन्धन भत्किए पनि आफूहरू सरकारमा भने नजाने बताए।

एमाले सम्बद्ध कानुन व्यवसायीहरूको राष्ट्रिय भेलामा नेता नेम्वाङले सकेसम्म चाँडो चुनाव हुनुपर्ने सर्त आफूहरूले प्रधानमन्त्री समक्ष राखेको उनले बताए। लोकतन्त्र र संविधान विरोधी वर्तमान दूषित सत्ता गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले प्रस्ट रहेको उनको भनाई छ।

नेम्वाङले भने, ‘मुलुक र जनताको लागि दूषित गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले एकदम प्रस्ट छ। तर या भत्किएर हामी सरकारमा जान्दैनौँ। हामीले प्रधानमन्त्रीलाई प्रस्टसँग भनेका छौँ, हामी सरकारमा जाँदैनौँ। निर्वाचनसम्म सरकार चलाउनुस्, हाम्रो कुनै पनि सर्त छैन तर एउटा कुरा चाहिँ एक दिन पनि चुनाव ढिला गर्न पाउनुहुन्न। बरु दलहरूसँग कुरा गरेर अलि चाँडै चुनाव गर्नुपर्छ भनेका छौँ।’

उनले आफूहरूले प्रधानमन्त्री देउवालाई पनि निर्वाचनसम्म सरकार चलाउन भनेको बताए। ‘हाम्रो कुनै पनि सर्त छैन। तपाईँले एक दिन पनि ढिलो गर्न पाउनुहुन्न, निर्वाचन पर धकेल्न पनि पाउनुहुन्न। बरु दलहरूसँग कुरा गरेर अलि चाँडो गर्न सक्नुहुन्छ भने गर्नुस्। तर यो गठबन्धन भत्किनुपर्छ’, उनले भने।