टप फिचर

“जात्रा”

By Thah Online

February 26, 2022

कतै गाई जात्रा  कतै गोरु जात्रा  कतै भैँसी जात्रा! कतै भेडा बाख्रा जात्रा! कतै असार पन्ध्रमा धान रोप्ने जात्रा! कतै खिर खाने जात्रा ! कतै पिर खाने जात्रा ! कतै हेप्ने ठोक्ने जात्रा! कतै बालाजुका बाइस धारा खोल्ने जात्रा! कतै ही ही गर्दै घरै बोक्ने जात्रा! सदनमा गाई जात्रा  सडकमा गाई जात्रा  भेडा बाख्रा जात्रा ! गुलेलीमा मट्याङ्ग्रा प्रदर्शन गर्ने जात्रा। देशी विदेशी जात्रा ! साढेहरूले हण्डी खाने जात्रा ! भेडा बाख्राहरूका स्वर प्रदर्शन गर्ने जात्रा! साढेहरूका झन् भुँडी प्रदर्शन गर्ने जात्रा ! विदेशी कुदौरो खाएर देशमा नाङ्गो नाच देखाउने खत्रा जात्रा !  भेडा बाख्राहरूका नाङ्गो नाच देखाउने झन् खत्रा जात्रा!  पानी धमिल्याएर माछा मार्ने साढेहरूका कत्रा खत्रा जात्रा! सडकमा सदनमा जताततै गाई जात्रा! धन्यवाद। शुभ बिहानी। यहाँहरू सबैको आजको दिन सुखद रहोस्।