विश्व प्रसिद्ध वैज्ञानिक हकिङ रहेनन्



सैघाली खबर,
लण्डन — भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।

हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’

केही तथ्यहरु
उनको जन्म सन् १९४२, जेनेवरी ८ मा भएको हो ।
१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए । त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे ।
१९६३ मा उनलाई मोटर न्यूरोन भन्ने रोग देखियो । त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो ।
१९७४ मा उनले ब्ल्याक होलले ुहकिङ रेडियसनु फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गरे ।
१९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्