सैघाली खबर,काठमाडौं ३० फागुन। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धन नेतृत्वको सरकार दृढताका साथ अघि बढ्ने दाबी गरेका छन्। अध्यक्ष दाहालले मुलुकलाई अघि बढ्न नदिन प्रतिक्रियावादीहरुले कुप्रचार गरिरहेको भन्दै प्रतिवादमा उत्रन पनि एमाले र माओवादी केन्द्रका सांसदहरुलाई आह्वान गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरुका लागि बुधबार बिहान बालुवाटारमा आयोजना गरेको जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई एकताबद्ध बनाएर लैजाने अभियानमा एकताबद्ध हुन पनि सबैसँग आग्रह गरे। अध्यक्ष दाहालले सरकारविरुद्ध लगाइएको कुप्रचारको खण्डन, आलोचना र प्रतिवाद गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे। अध्यक्ष दाहालले वर्तमान सरकार हिमाल, पहाड र तराईलाई एकताबद्ध बनाएर लैजान प्रतिवद्ध रहेको पनि बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।