पर्वतको विहादी गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न |



विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिकामा फागुन १५ गते आइतवार एकदिने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान २०७८ अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी विहादी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल , विभिन्न वडाका वडा अध्यक्ष जनप्रतिनिधी , शिक्षक कर्मचारी ,विभिन्न पार्टीका प्रतिनिधि , पत्रकार लगाएको उपस्थिति रहेको थियो | कार्यक्रमको प्रशिक्षण विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले दिनु भएको थियो |

गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी ,विद्यालय ,धेरै मानिसलाई पाइपर्ने चोकलाई सेन्टर बनाएर ओषधी खुवाइने विहादी गाउँपालिका स्वस्थ शाखाले जनाएको छ | विहादी गाउँ पालिकामा फागुन २८ गते बाट  सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोककै कारणले हुन्न सक्ने अपाङ्गता बाट बाच्न र बनाउन समेत गाउँपालिकाले  अनुरोध गरेको छ |

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने कार्यक्रममा भुसाले जानकारी गराउनु भएको छ | अरू व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्