,सभामुख भएपछि पहिलो पटक महरा दाङ आउने



सैघाली खबर
तुलसीपुर ३० फागुन ।

सभामुख कृष्ण बहादुर महरा दाङ आउने भएका छन् । अन्तराष्ट्रिय जातिय बिभेद तथा रंगभेद उन्मुलन दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन महरा दाङ आउन लागेका हुन् । मार्च २१ मा पर्ने उक्त दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा सहभागि हुन महरा दाङ आउन लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

सभामुख भएपछि पहिलो पटक महरा दाङ आउँदै छन् । जातिय बिभेद उन्मुलन गर्न तुलसीपुर उपमहानगरपालिकाले अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गर्न लागेको प्रमुख पाण्डेले बताए । प्रमुख पाण्डेका अनुसार जातिय बिभेद उन्मुलनको कडी अन्तरजातिय बिवहा भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गरिने तुलसीपुर उपमहानपालिकाका प्रमुख पाण्डेका प्रेस सल्लाहकार बसन्त विवस आचार्यले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्