टिक्ने र बिक्ने शिक्षा दिदै महरा



दिपक बोहरा,
तुलसीपुर ३० फागुन ।

राप्ती ववई क्याम्पस तुलसीपुरमा सञ्चालनमा आएको तीन महिने एकाउन्टिङ प्याकेजको समापन गरिएको छ । शिक्षक बिरेन्द्र महराले निःशुल्क रुपमा दिदै आएको एकाउन्टिङ प्याकेजको समापन गरिएको हो । महराले बिगत लामो समय देखि निःशुल्क रुपमा एकाउन्टिङ प्याकेज कक्षा सञ्चालन गर्दै आएका छन् ।

उनले किताबी ज्ञान भन्दा पनि बजारमा टिक्ने र बिक्ने शिक्षा आबश्यक भएको भन्दै राप्ती बबई क्याम्पसमा अध्ययनरत लेखाका बिद्यार्थीहरुलाई एकाउन्टिङका प्याकेज दिदै आएका छन् ।

पछिल्लो समय बजारमा माग हुने जनशक्ति उत्पादन गर्न एकाउन्टको ट्याक्स, एकाउन्ट र अडिटिङ्को निःशुल्क प्याकेज दिदै आएको उनले बताए । राप्ती ववई क्याम्पसका प्राध्यापक समेत रहेका महराले सोही क्याम्पसमा अध्ययापन गराएको तलब सुबिधा पनि लिने गरेका छैनन् । यसैबीच तीन महिने तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ । क्याम्पस प्रमुख लक्ष्मण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि पाण्डेले पछिल्लो समय किताबी ज्ञानसंगसंगै ब्यबहारीक शिक्षा आबश्यक रहेको बताए । उनले बजारमा टिक्ने र बिक्ने शिक्षा आबश्यक रहेको बताए । उनले यस्ता प्याकेजहरुलाई ब्यापक बनाएर लैजानुपर्ने बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख बाबुराम गौतम, क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिनराज वली, पब्लिक क्याम्पस प्राध्यापक संघका संघका केन्द्रीय सदस्य युवराज रावत, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेबिसंघ राप्ती बबई क्याम्पस ईकाई सभापति रोहित न्यौपानेलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । राप्ती ववई क्याम्पस ब्यबस्थापन संकाय प्रमुख सदन गिरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण साहयक प्राध्यापक सुर्य शर्माले गरेका थिए ।।

 

((

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्