संसद भवनअगाडि ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला



काठमाडौं। बानेश्वर स्थित संसद भवन अगाडि प्रेसरकुकर बम फेला परेको छ। प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशङ्कामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शङ्कास्पद वस्तु भएकाले बमको आशङ्का गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भने। सडकको बीच भागमा तारले बेरेको अवस्थामा भेटिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको छ।

उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको पालले बताए। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्