एमसीसी पास गर्‍यौं, अब देश निर्वाचनमा गयो : प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विवाद अब सकिएको बताएका छन्। आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रचण्डले एमसीसी संसदबाट पारित भएसँगै अर्को राजनीतिक समीकरण बन्ने स्थिति अन्त्य भएको पनि बताए।

‘एमसीसी परियोजनाको विषयलाई लिएर निकै ठुलो विवाद, अन्योल, बहस भए। सबैभन्दा नेकपा माओवादी केन्द्र र नेतृत्वको हैसियतले ममाथि थुप्रै टिप्पणी पनि भए,’ उनले भने, ‘अन्ततः हिजो हामीले निकास दिएका छौँ। यो नहुँदासम्म एउटा अन्योल थियो। अर्को समीकरण बन्ने अवस्था अन्त्य भयो। अब गठबन्धन कायम रहन्छ। सरकार अघि बढ्छ। अब निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

उनले एमसीसी विवाद टुङ्गिएसँगै अब देश निर्वाचनमा गएको बताए। उनले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताए। ‘पटक पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो,’ उनले भने, ‘यो प्रक्रियामा माओवादी केन्द्र र ममाथि जोडियो, मलाई धेरै आरोपित बनाइएको थियो।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्