रुसले अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग गर्न नपाउने



काठमाडौं । रुसले अब अन्तर्राष्ट्रिय फुटबल खेल्दा राष्ट्रको नाम प्रयोग गर्न नपाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।

रुसले अब कुनै अन्तर्राष्ट्रिय फुटबल खेल्दा रुसको सट्टा फुटबल युनियन अफ रुस (आरएफयु) को नामबाट खेल्नुपर्ने फिफाले निर्देशन दिएको हो । यस्तै, उक्त टिमले सहभागिता जनाउने कुनै पनि खेलमा रुसको राष्ट्रिय झण्डा र राष्ट्र गानसमेत प्रयोग गर्न पाइने छैन ।

पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि यसको असर विश्व खेलकुदमा समेत देखिन थालेको छ । त्यसमा पनि फुटबलमा धेरै असर देखिएको छ । अब कुनै पनि फुटबल प्रतियोगिता तत्काल रुसमा हुने छैन ।

यस्तै रुसले आफ्नो घरेलु खेलसमेत दर्शकबिना न्युट्रल भेन्युमा खेल्नुपर्ने फिफाले जनाएको छ । यस्तै, सेन्ट पिटर्सवर्गमा तय भएको युरोपियन च्याम्पियनसिप फाइनल खेलसमेत फ्रान्सको पेरिसमा सारिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्